मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिका वडा नम्बर १ मा वडा स्तरीय बाल संजाल गठन भएको छ । टोल स्तरीय ११ वटा बालक्लवहरुको वाल मा.वि. बैरियामा शनिबार सम्पन्न भेलाले वडा स्तरीय बाल संजाल गठन गरेको हो ।
भेलाले अभिषेक गौतमको अध्यक्षतामा १५ सदस्यीय बाल संजाल गठन गरेको छ । जसको उपाध्यक्षमा सुशान्त भुसाल, सचिवमा रञ्जीता बेल्वासे, सह–सचिवमा अनुसन्धान पोख्रेल, कोषाध्यक्षमा प्रनिता पौडेल, सह–कोषाध्यक्षमा निसा सुनार रहेका छन् भने सदस्यहरुमा क्रमशः युवराज वेल्वासे, निशा क्षेत्री, प्रशान्त खनाल, करुणा थारु, बादल पहराई, विशाल घिमिरे, सन्दिप घिमिरे, विशाल घिमिरे लगाएतका रहेका छन् । भेलाले बालसंजालको नाम गौतमबुद्ध बाल संजाल नामाकरण समेत गरेको छ ।
बालसंजाललाई बधाई तथा शुभकामना दिदै बाल मा.वि.का प्रद्यानाध्यापक अर्जुन शाहीले बालबालिकाले विद्यालय शिक्षालाई महत्व दिदै अतिरिक्त रचनात्मक कार्यमा जोड दिनुपर्ने बताउनुभयो । सोही अवसरमा वडा अध्यक्ष बाल कुमारी पन्थ अधिकारीले वडाका सम्पूर्ण बाल लक्षित कार्यक्रमहरु संचालन गरेर बालबालिकाको क्षमता विकास हुनेमा आफु विश्वस्त भएको बताउनुभयो ।
नगरपालिकामा आफनो वडालाई चिनाउन बालबालिकाले विशेष भूमिका खेल्नुपर्ने बताउदै निर्वाचित संजालका पदाधिकारी सदस्यलाई बधाई शुभकामना दिनुभएको छ । वडा सदस्य झलक बहादुर मल्ल ठकुरीले संचालन गर्नुभएको कार्यक्रममा वडाका सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु, अभिभावक, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
२८ भाद्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया