९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नागरिकता विधेयकमा कांग्रेसको लिखित फरक मत



काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ती सम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो ।

समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग विहे गरेर आउने विदेशी महिलालाई दिईने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ बर्ष राख्ने संशोधिन प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउदै सभापति श्रेष्ठलाई बुझाएका थिए ।

कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संबैधानिक एवम् सामाजिक जटिलताहरु समेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ । त्यसैगरी समाजवादी पार्टी नेपालका सांसद रामसहाय यादवले पनि वैवाहिक अंगिकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६ शनिबार ००:००  ४ : ५६ बजे