बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीका दुई युवक भारतको पंजाप भटिन्डामा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । रोजगारीको खोजिमा भारत गएका अर्घाखाँची सितगंगा ३ पाँचपोख्रीका ३२ बर्षीय बिष्णु बहादुर बि.क. र पाणिनी २ ढाडा खिदिमका ४४ बर्षीय कृष्ण बहादुर सुनारको भारतको पंजाप भटिन्डा नजिकै मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।
डिउटीबाट कोठामा मोटरसाईकल चढेर फर्कदै गर्दा बिपरित दिशाबाट आउदै गरेको गाडिले ठक्कर दिदा बिष्णु बहादुर बिकको घटनास्थल मै गएराती ज्यान गएको थियो । अर्का मोटरसाईकल पछाडी सवार गरेका कृष्ण बहादुर सुनारको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको पंजापमा कार्यरत मृतकका आफन्त भानु बि.क.ले जानकारी दिएका छन् ।
ठक्कर दिएर गाडी फरार भएकाले गाडी नम्बर अझै पत्ता लाग्न सकेको छैन् । मृतक बिष्णु बहादुर बि.क. सितगंगा ३ पाँचपोख्री निवासी ५९ बर्र्षीय गम्बरसिङ बिक पिता र आमा ५२ बर्र्षीय सान्तीकला बिकका एक्ला छोरा हुन् । उनको २५ बर्षीय एक श्रीमती र ९ बर्षीय एक छोरा रहेका छन् ।
उनी ८ महिना अघि रोजगारीको खोजीमा भारतको पंजाप भटिन्डा गएको मृतकका पिता गम्बरसिङ बिकले बताए । यस्तै मृतक कृष्ण बहादुर सुनार पाणिनी २ ढाडाखिदिम निवासी पिता ७० बर्षीय मान बहादुर सुनार र आमा ६६ बर्षीय तुलसा सुनारको जेठा छोरा हुन् । मृतकको ४ छोरा १ छोरी रहेका छन् ।
उनी ६ महिना अघि रोजगारीको शिलसिलामा भारतको पंजाप भटिन्डा गएका थिए । शवलाई अहिले भटिन्डा स्थित सिभिल अस्पतालमा पोष्टमाट्मका लागि राखिएको छ । पोष्टमाट्म पछि शवलाई नेपाल ल्याउने वा भारतमै अन्त्यष्टी गरिनेबारे तय गरिने पंजाप भटिन्डामा कार्यरत मृतकका आफन्त महेश्वर बि.क.ले टेलिफोनमा जानकारी दिए ।
प्रतिक्रिया