रुकुम पश्चिम ।
रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर १ र २ को सीमानामा पर्ने पुमाखोलामा फसेका चालकको सकुशल उद्धार गरिएको छ ।
रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराबाट रूकुम पश्चिमको मुसीकोट आउँदै गरेको लु १ ज ४११५ नम्बरको जीप पुमाखोलाले बगाउँदा चालक जीपमा नै फसेका थिए ।
खोलाले बगाउँदै गरेको जीपबाट चालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । चरुकुम पूर्व सिस्ने गाउँपालिका– ३ बस्ने २५ वर्षीय चालक सुनिल बिकको उद्धार गरिएको हो ।
यात्रुहरुलाई छोडेर मुसिकोेटतर्फ फर्कने क्रममा बिहीबार राति ८ बजेतिर जीपलाई खोलाले बगाएको थियो । जीपमै फसेका चालकको रातभरको प्रयासपछि शुक्रबार बिहान प्रहरी र स्थानीयले उद्धार गरेका हुन् । पुमाखोलामा पुल नहुँदा वर्षायाममा यात्रु तथा यातायातका साधन जोखिम मोल्न बाध्य छन् ।
२७ भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया