दाङ ।
डेंगीको संक्रमणले दाङको दंगीशरण गाउँपालिका १, फुर्केसल्ली मलैकी २१ वर्षीया प्रतीक्षा बुढाको ज्यान गएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको मृतकका मामा अमर बुढाले जानकारी दिनुभयो ।
दाङको तुलसीपुरमा उपचार सम्भव नभएपछि भदौ ७ गते उपचारका लागि नेपालगञ्ज लगिएको थियो । अहिलेसम्म दाङमा १८ महिला र २४ पुरुष गरी ४२ जनामा डेंगीको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । योसहित डेंगीको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
प्रतिक्रिया