९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको भलवाडमा रहेको श्री नवप्रभात सहकारीमा लाखौं चोरी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको एक सहकारीमा लाखौंको धनमाल चोरी भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको श्री नवप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाच लाख चौरासी हजार पाँच सय चार रुपैया चोरी भएको बताइएको छ ।

विहीबार मध्य रातमा अज्ञात समूहले उक्त रकम चोरी गरेको सहकारीले जनाएको छ । राती चोरी भएपनि घटना विहान पौने ९ बजे तिर मात्र थाहा भएको थियो । चोरले सहकारी भित्र ढोका फोरेर रकम चोेरेको हो ।

सहकारीमा राखिएको सिसि क्यामेराको हार्डडिक्स नै चोरले लगेको कारण कसले रकम चोर्यो पत्ता लाग्न सकेको छैन् । यद्यपि इलाका प्रहरी कार्यालय पिपराले रकम चोरी गर्नेमाथि अनुसन्धान अगाडी बढाएको छ ।

घटनास्थलमा दिउँसो वडा नं. ९ का वडाध्यक्ष ध्रुव बेल्वासे, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुश जोशी, पूर्व भलवाड गाविस अध्यक्ष कुमार मधु बेल्वासे लगायतको टोली पुगेको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७६ शुक्रबार ००:००  ४ : ५४ बजे