बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ ।
बुटवल बाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं जीप र पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं को स्कारपियो लाई पहिरोले पुरेको थियो ।
पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ ।
पहिरोमा परी ४ जना गम्भिर घाईते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक माथिबाट झरेको पहिरोले दुवै सवारी साधनमा क्षति पुगेको छ ।
२७ भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया