९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाकिस्तानबाट प्याज ल्याउने तयारीप्रति भारतीय किसानको आपत्ति



नयाँ दिल्ली ।
भारतको सरकारी कम्पनी मेटल्स एन्ड मिनरल्स कर्पोरेसन अफ इण्डिया (एमएमटीसी) लिमिटेडले पाकिस्तान, इजिप्ट, चीन, अफगानिस्तान र अन्य देशबाट प्याज ल्याउनका लागि टेण्डर आव्हान गरेपछि महाराष्ट्र राज्यका किसानहरुले आपत्ति जनाएका छन् ।
इण्डियन एक्सप्रेसले जनाए अनुसार स्वाभिमान शेतकारी संगठनले भारतभित्रै एक महिनापछि प्याजको फसल काट््ने बेला हुने भएपनि यो समयमा अहिले बाहिरबाट प्याज मगाउँदा भारतीय किसानलाई घाटा हुने जनाएका छन् । उनले प्रश्न गरेका छन्, ‘‘पाकिस्तानबाट आयात किन ? के भारतका किसान पाकिस्तान भन्दा बढी दुश्मन हुन् ?’’
भारतमा कृषि उत्पादन बजार समिति मंडीका अध्यक्ष जयदत्ता होल्करले भने,‘ ‘जुन मात्रा (२०००टन) को लागि टेण्डर आव्हान गरिएको छ, त्यो धेरै होइन । तर, यसले किसानको भावनालाई प्रभावित गर्नेछ । जो किसानले पहिला फसल भण्डारण गर्दथे अब बेच्न हतार गर्नेछन् जसले गर्दा कम मूल्यमै बेच्नुपर्ने अवस्था भएको छ ।’’

प्रकाशित मिति : २७ भाद्र २०७६ शुक्रबार ००:००  ४ : ०३ बजे