खेमबहादुर बुढा, रोल्पा ।
रोल्पाको थबाङमा पहिरोले छ जना पुरिएका छन् । थबाङ-२ छेर्लबाङमा मध्य रातमा आएको पहिरोले एक घर पुरेको छ । पुरिएको घरमा दुई परिवाका ६ जना बस्दै आएका थिए । छिमेकी बिस्मल झाक्रीका अनुसार दुई जनाको शब फेला पारिएको छ । दुईवटा शब फेला परेको प्रहरीले पनि पुष्टि गरेको छ ।
दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ बर्षिय शीरकुमारी बुढा र उनकी ४ वर्षका छोरा अशलको शब पुरिएको अवस्थामा गाउँलेले शुक्रबार बिहान ८-३० फेला पारेका हुन् । “सुतेकै अवस्थामा पहिरोले च्यापिएको फेला पारियो ।“, छिमेकी झाक्रीले भने, “अर्को परिवार भुँईतलाको कोठामा भएकाले पुरिएको आशंका छ ।“ पहिरोले घर पुरेकाले उद्दार गर्न कठिनाई भैरहेको छ ।
पुरिएर वेपत्ता हुनेहरुमा ३६ वर्षका जय बुढा, उनको पत्नी वर्ष ४० कि मुलज्योती बुढा, वर्ष १० कि छोरी गृष्मा र डेढ वर्ष्कि छोरी छन् । उद्दारमा खटिएका गाउँलेले उनीहरु जिवितै फेला पर्ने संभावना न्युन रहेको बताउँछन् । घरमा रहेका पशु चौपाया पनि पुरिएका छन् । पुरिएको घरमाथिको पहिरो पन्छाउन पुगेका छिमेकीले केही गाई गोरु समेत मृत वस्थामा फेला पारेका छन ।
घरमाथि खनिएको सडकको माटो सहित आएको पहिरोले घर पुरिएको थबाङकै स्थानिय एवं सत्ताधारी नेकपाका नेता सविन बुढाले बताए । सडकको ब्याक कटिङका बेला सडक छेउको घर जोगाउन त्यहाँको माटो लगेर अन्यत्र थुपारिएको थियो । केही दिन अघिदेखि यहाँ परेको अविरल वर्षाले थुपारिएको माटो सहित पहिरो गएर घर सहित मानिस पुरिएका हुन् । गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए। थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटना स्थल पुगिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्र गुरुङले बताए । छिमेकी मिरुल रानागाउँ र कुरेलीबाट पनि प्रहरी टोली घटना स्थलमा परिचालन गरिएको छ ।
२७ भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया