काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले बिहीबारदेखि २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले २० रुपैैयाँको नोटको अग्रभागमा विक्रम संवत २०७२ र एडी २०१६ लेखिएको छ । २० रुपैयाँ दरको नोटमा सङ्केत नम्बर ञ.४१०००००१ देखि ञ.४१९९९९९९ हुने छ । यस्तै ५० रुपैयाँ दरको नोटको अग्रभागमा पनि विक्रम संवत २०७२ र इस्वी संवत अर्थात एडी २०१५ हुनेछ ।
यस्तै ५० रुपैयाँ दरका नोटमा संकेत नम्बर ज.८६०००००१ देखि ज.८८९९९९९९ सम्म हुनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २० र ५० रुपैयाँ दरका नयाँ नोट ल्याएपछि बजारमा साना दरका नोटको अभावको अन्त्य हुने जनाएको छ ।
प्रतिक्रिया