दिपक खड्का, चन्द्रौटा ।
नेकपा शिवराज नगरकमिटिले शिवराज नगरपालिका वडा न ५ नौडिहवामा श्रद्घाञ्जली सभा सम्पन्न भएको गरेको छ । शिवराज नगरपालिकाको नौडिहवा निवासी विष्णु सुनारको भदौ २० गते ६५ वर्षको उमेरमा आफनै निवासमा निधन भएको हो ।
नेकपा वडा न ५ वडा कमिटि सदस्य समेत रहेका सुनार वि.स २००१ चैत्र महिनाको ६ गते प्युठान जिल्लाको पुजा गाविस वाट ३ वाक्र्ल र वाङ्गमा जन्मेका सुनार पिता नन्दराम सुनार र आमा छलिदेवि सुनारका जेठा छोरा हुन ।
सहयोगी र अत्यन्त मिलनसार सुनार विष्णु बाजेको नामले परिचित रहेको नरबहादुर कार्कीले बताउनुभयो । लामो समय कामको शिलशिलामा भारतको मेडिकलमा बिताएका सुनारको बाल्यकाल गाँउमै बितेको उनका साथिहरुले बताए ।
वि.स २०४८ सालमा प्युठान जिल्ला वाट बसाई सराई गरि आएका सुनार शिवगढी वटा न ९ बानिबारमा १० वर्ष बिताएका थिए । हाल उनि शिवराज नगरपालिका वटा न ६ नौडिहवामा बस्दै आएका थिए । समाजसेवीको रुपमा पहिचान बनाएका सुनार विभिन्न संघ सस्थामा आवद्घ थिए । ६५ वर्षका सुनारको परिवारमा श्रीमती सहित २ छोरा ३ छोरी छन् ।
श्रद्घाञ्जली सभामा प्रमुख अतिथिको आसन वाट बोल्दै नेकपा शिवराजका अध्यक्ष दिनेश पुनले उनको योगदानको चर्चा गर्दै पार्टिले एउटा असल योद्घा गुमाएको बताउनुभयो । श्रद्घाञ्जली सभा नेकपा वडाकमिटि ५ का अध्यक्ष शरद अधिकारीको अध्यक्षता र नेकपा वडा न ५ का सचिव होतराज पोखरेलको संचालनमा भएको हो । कार्यक्रममा प्रदेश सासंद अजुर्न कुमार के.सी शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारी लगाएत नेकपा शिवराज पार्टि सदस्य र बुद्घिजिविहरुको उपस्थिति रहेको थियो ।
२६ भाद्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया