महोत्तरी ।
टुकी बाल्ने क्रममा गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा ज्यान गएको छ ।
मटिहानी नगरपालिका ९, पासीटोलकी १५ वर्षीया खुश्वु कुमारी महतोको उपचारको क्रममा बुधबार राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
गएको भदौ १९ गते राति आफनै घरमा टुकी बत्ती एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा खुश्वुको शरीरमा आगो लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खुश्वुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनु भयो ।
२६ भाद्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया