प्रिंस मिश्रा, कृष्णनगर ।
मंगलबार मुस्लिम र हिन्दु समुदायले सामुहिक रुपमा मोहर्रम पर्व मनाएका छन् । मुस्लीम पात्रो अनुसार हिजरी सम्वंत १४४१ को मोहर्रम महिनाको १० तरिखको यो पर्व धुमधामका साथ मनाइन्छ ।
मुस्लिमको पर्व भएपनि सदियौंदेखि यहाँका हिन्दुहरुले समेत सँगसँगै मनाउने एक मात्र पर्व नै मुर्हरम भएकाले यो पर्व दुवै सम्प्रदाय बीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाहरुको बुझाई छ । आफुले भाकल गरेको चहाना पुरा हुने भएकोले हिन्दु धर्मलम्वीहरुले मुर्हरम पर्व मान्दै आएका छन् । मंगलबार हिन्दु र मुस्लीम समुदायका अधिंकाश व्यक्ति बर्त समेत बसेका थिए ।
मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतिक स्वरुप तहजियाको पूजा गरिने प्रचलन रहेको छ । धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मुर्हरमका अवसरमा शुभकामना आदान प्रदान गरी मनाउने गरेका हुन् ।
यता मुस्लिम धर्माबलम्वी र हिन्दु धर्माबलम्वीले उत्साह साथ मनाउने मुर्हरमका लागि जिल्लामा कागजको मुर्ति तहजियाको बिक्री समेत बढेको थियो ।
हिन्दु र मुस्लिम धर्मावलम्विले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखि चाड मनाउने गरेका छन । मंगलबार भन्दा १४ सय ५० बर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परि मारिएका ईस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाईने गरेको छ ।
उनको प्रतिक स्वरुप घरघरमा तहाजियाको पुजा गरिने चलन रहेको छ । करवल (चिहान) मा मंगलबार साझ तहजीया विर्सजन गरेपछि यो पर्व समापन भएको छ ।
२४ भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया