९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन, ओली र मोदीले एकैसाथ थिचे स्वीच



काठमाडौं । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गर्नुभएको छ ।

ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको उदघाटन गर्नुभएको हो । उदघाटन कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिनुभएको छ ।

पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभयो ।

अमलेखगन्जमा इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए  । सो तेल भण्डारण गृहमा खन्याइएको थियो ।

यससँगै पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जस्थित डिपोमा भण्डारण हुन थालेको  छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६ मंगलबार ००:००  १ : ३७ बजे