काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेललको भाउ घटाएको छ । निगमले पेट्रोल,डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
काठमाण्डौ थानकोटबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल, डिजल र मट्टीतेललको मूल्य २ रुपैयाँका दरले घटेको छ । मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने आयल निगमले जनाएको छ ।
यसअघि पेट्रोलको मूल्य १०९ रुपैयाँ थियो । मंगलबार दिउँसोदेखि पेट्रोलको मूल्य १०७ रुपैयाँ कायम भएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको डिजल र मट्टीतेललको मूल्य अब ९५ रुपैयाँ कायम भएको छ ।
२४ भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया