अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामी बढेको छन् । विरामीको संख्या बढेकै कारण जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ ।
जिल्ला अस्पतालको ओपीडीमा अहिले दैनिक रुपमा २०० भन्दा बढी र इमरजेन्सीमा दैनिक १०० जनाको हाराहारीमा भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनुभयो ।
अरु बेला दैनिक ओपीडी र इमरजेन्सीमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको थिए । तर, अहिले यो संख्यामा चार गुणाले बढेको हो । १५ सैयाको जिल्ला अस्पतालमा भुइमा र बेन्चमा गरी ४५ जना बिरामी भर्ना भएको उहाले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल सँगै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा समेत भाइरल ज्वरोका बिरामी आइरहेका छन् । जिल्ला अस्पतालमा आउने बिरामी मध्ये करिब ७० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताउनुभयो ।
२३ भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया