काठमाडौँ – डेंगुको संक्रमण भएपछि अस्पताल भर्ना हुनु भएका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पाँच दिनको उपचारपछि मन्त्री खनाललाई सोमबार ग्राण्डी अस्पतालले डिस्चार्ज गरेको उहाँका प्रेस सल्लाहकार बोमलाल गिरीले जानकारी दिएका छन् । मन्त्री खनाललाई केही दिन आराम गर्न चिकित्सकले सल्लाहा दिएका छन् । हाल मन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको गिरीले जानकारी दिएका छन् ।
२३ भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया