काठमाडौं ।
पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएको छ । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घटनामा परेर घाइते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभयो । उहाँले ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घटनामा परेको जानकारी दिनु भयो । उहाँका अनुसार यमीको अवस्था सामान्य छ।’ बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घाइते यमीको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको छ । यमीको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पोखरेलले बताउनु भयो ।
२३ भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया