९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चीनियाँ विदेशमन्त्रीको आजदेखि उच्चस्तरीय भेट



काठमाण्डौँ । आइतबार साँझ काठमाडौँ ओर्लिनुभएका चिनियाँ विदेशमन्त्री याङ यीले आजदेखि औपचारिक रुपमा उच्चस्तरिय भेटघाटको कार्यक्रममा सारिक हुनुहुने भएको छ ।
यीले सबैभन्दा पहिले आज नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । त्यसपछि उहाँले साँझसम्म राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नुहने छ ।
चिनियाँ विदेशमन्त्री वाङले उनका नेपालका समकक्षी ज्ञवाली, प्रधानमन्त्री ओली लगायतसँगको उच्चस्तरीय भेटमा आगामी एक महिनापछि हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको सुरक्षा र एजेन्डाबारे छलफल गर्ने परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दिएको छ।
वाङले चीन र नेपालबीच भएका पूर्व सम्झौता तथा साझेदारीमाथि छलफलभन्दा चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण र त्यसका एजेन्डा निर्माणमा समय खर्चिने देखिएको छ।

प्रकाशित मिति : २३ भाद्र २०७६ सोमबार ००:००  ७ : ५५ बजे