झापा –झापाको दुई स्थानमा विष्फोट भएको छ । विर्तामोड र गौरादह नगरपालिकामा वम विष्फोट भएको हो । विर्तामोडमा रहेको एक सहकारी कार्यालयको भवनलाई लक्षित गरी बम बिस्फोट भएको छ।
गयराति विर्तामोडको चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
बिस्फोटका कारण सहकारी संस्थाको मुख्य भवनका सिसा फुटेका छन् । यस्तै सुरक्षा गार्ड बस्ने कोठामा क्षति पुगेको छ । सहकारीको कार्यालयमा रहेको नगदसहितका समान भने सुरक्षित रहेको जनाइएको छ ।
यस्तै गौरादह प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ । गय राति नै गाडीमा बम बिस्फोट भएको हो ।राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । बम बिस्फोटनबाट मानवीय क्षति वा चोटपटक भने लागेको छैन । बिस्फोटको जिम्मा कसैले पनि लिएका छैनन् । तर यस किसिमका घटनामा विगतमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराउने गरेकाले यसमा पनि सोही समूहको संलग्नता रहेको प्रहरीको अनुमान छ । हाल घटनास्थल र आसपासको सुरक्षा अवस्था कडा पारिएको छ ।
२३ भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया