९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

छोराको रुसमा हत्या, बुवा ५ बर्ष देखि मलेसियामा अलपत्र



मायादेवी अनलाइन, तौलिहवा ।

लुटेराहरुको आक्रमणमा परी मृत्यु भएका कपिलवस्तुका एक यादव परिवारमा ठूलै बज्रपात भएको छ । बैदेशिक रोजगारीका लागि रुसमा रहेका राजकुमार यादवको त्यहाँका लुटेराले हत्या गरेका हुन् ।

गत मंगलबार बिहान करिव साढे दुई बजे यादवको हत्या भएको हो । मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए । उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए ।

यता मृतक राज कुमारका बुवा ध्रुव कुमार यादव भने बिगत ५ बर्ष देखि मलेसियामा अलपत्र छन । उनले पनि फोन मार्फत आफ्नो छोराको मृत्युको खबर पाए । २ बर्षका लागि रोजगारीमा गएका उनी ५ बर्ष बित्दा पनि आफ्नो घर फर्कन पाएका छैनन । ‘बुवालाई फोन मार्फत घटनाबारे जानकारी गराएका हौ’ कान्छा छोरा माहेनले भने ‘ बुवा फोन मै धेरै रुनु भयो, मलाई जसरी पनी घर फर्किनु छ भन्दै बिलौना गर्नुभो’ ।

ध्रुव कुमार साउदी अरबको अल हाम ईबिसी कम्पनीमा कार्यरत छन् । सुरुको केही महिना सम्म कम्पनीका मालिकले पैसा दिएका थिए । लामो सयम देखि कम्पनीले बुवालाई पैसा नदिएको छोरा मोहनले बताए । ‘बुवालाई कम्पनीको मालिकले बन्धक बनाए राखेको छ खान र बस्न मात्र दिन्छ फर्काउन मान्दैन उनले भने । ‘फोनमा कुराकानी हुन्छ, फर्कन चाहनु हुन्छ तर कुनै उपाय नै छैन’ उनले भने ।

आफ्नो बुवाको अवस्थाबारे नेताहरु तथा सरकारलाई जानकारी गराए पनि अझै सम्म कसैले चासो नदिएको उनले गुनासो गरे । घर फर्कन नपाएर छटपटाएका ध्रुव आफ्नो जेठो छोराको मृत्युले दोहोरो पीडमा छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६ सोमबार ००:००  ६ : २० बजे