बाँके ।
नेपालगञ्ज–लखनऊ बस सेवा शुरु भएको छ । भेरी यातायात प्रालिले आइतबारदेखि नेपालगञ्जबाट भारतको लखनऊसम्म बस सञ्चालन गरेको हो ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले चालक र यात्रुलाई माला र टीका लगाइदिएर लखनऊ पठाउनुभयो ।
नेपालगञ्जबाट लखनऊ पुग्न चार घण्टा लाग्छ । पश्चिमका नेपालीको उपचार गर्ने थलो बनिरहेको छ, लखनऊ । यहाँका अस्पतालहरुले लखनऊ या काठमाडौँ रिफर गर्छन् ।
लखनऊ जाने नेपालीको संख्या धेरै रहने गर्दछ । मेयर राणाले नेपालगञ्ज–लखनऊ बस सेवाले नेपाली यात्रुलाई सुविधा थपेको बताउनुभयो ।
२२ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया