९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुटेराको समूहद्धारा रुसमा कपिलवस्तुका युवकको हत्या



मायादेवी अनलाइन, तौलिहवा ।
लुटेराहरुको आक्रमणमा परी बैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा मृत्यु भएको छ । त्यहाँ रहेका लुटेराहरुको समुहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका– ३ का धुब्र कुमार अहिरका २६ बर्षे छोरा राज कुमार यादवको हत्या गरेका हुन् ।
गत मंगलबार बिहान करिव साढे दुई बजे यादवको हत्या भएको हो । मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए । उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफुहरुलाई रुसबाट जानकारी आएको मृतकका माहिला भाई श्याम कुमार यादवले संचारकर्मीलाई जानकारी दिए ।
मंगलबार घटना भए पनि आफुहरुलाई गएको बुधवार मात्र रुसमा बस्दै आएका दाईका साथी नेपालका पोखराका अभिषेकले फोन मार्फत जानकारी दिएको बताए । २०७२ साल देखि रुसका पास्ता शहरमा राजकुमार बस्दै आएका थिए । साथी अभिषेकसंग भेटघाट पछि उनी मेट्रो ट्रेनबाट ओर्लिए पछि लुटेराहरुले आक्रमण गरेका थिए । घटना पछि त्यहा रहेको सिसि टिबि मार्फत आक्रमणकारी पक्राउ परेका थिए ।
आक्रमणमा २ पुरुष र एक महिलालाई रुसी प्रहरीले नियन्त्रणमा लिएका थिए । मृतकको शव त्यहीको स्थानीय अस्पतालमा राखिएको छ । घटनाका बिषयमा रुसमा रहेका नेपाली राजदुताबासमा जानकारी गराइएको छ । २०७४ सालमा रुसबाट राज कुमार घर आएका थिए । ३ महिना बसे पछि उनी गत २०७४ फागुनमा रुस फर्केका थिए । रुसको पास्ता सिटीमा मृतकले बिभिन्न कम्पनीको सिम कार्ड आपूर्ति गर्ने काम गर्दथे । राज कुमार ब्यापारिक भिसामा रुसमा छिरेका थिए ।
राज कुमारको मत्युको खबरले ठुलो सडवा गाउँ नै शोकमग्न भएको छ । राज कुमारको परिवार बुधवार देखि नै गहिरो शोकमा डुबेको छ । मृतकका श्रीमति र एक सात महिने छोरा तथा ३ दाजु भाई, एक दिदी, आमा र बुवा छन । श्रीमानको मृत्युको खबर पाए देखि नै राज कुमारकी श्रमिति राज कुमारी यादव अर्धचेज बनेकी छिन । उनले छाती पिटेर बिलौला गरेर रुने कराउने मात्र गरेको छिमेकीहरु बताउँछन ।
मृतककी आमा जितनी अहिर परिवारको खुशीका लागि बिदेशीएको ठुलो छोराको मृत्युले बेहाल बनकी छिन । जितनीले आफ्नो छोराको शव चाडै ल्याउन पहल गरी दिन माग गरेकी छिन । कपिलवस्तु नगरपालिका– ३ का वडा अध्यक्ष प्रकाश गैरले मृतकका लागि चाहिने आवश्यक सिफारिसहरु पठाई सकेको बताए । ‘मृतकको शव ल्याउन पहल गरेका छौ’ उनले भने ।
एनआरएन रुसका उपाध्यक्ष सुमन रिजालले मृतकको शव घर फर्काउन आवश्यक प्रकृयामा लागेको मृतकको परिवारलाई जानकारी गराएका छन् । यस्तै रुसमा रहेकी डिसी नेपाल अनलाइन खबरकी प्रतिनिधि बबिता बिष्टले रुसमा राजकुमारको हत्या भएको बताईन । उनले शव घर फर्काउन र क्षतिपुर्तिका बिषयमा एनआरएनले पहल गरेको संचारकर्मीलाइ फोन मार्फत शनिवार जानकारी गराईन ।

प्रकाशित मिति : २२ भाद्र २०७६ आइतबार ००:००  ७ : ४२ बजे