९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

धुमधाम सँग मनाइयो ‘बड्की अटवारी’ पर्व



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका थारु समुदायले आइतबार धुमधाम सँग बड्की अटवारी पर्व मनाएका छन् । हरेक वर्ष तिज पछिको पहिलो आइतवार पर्ने बड्की पर्व आज कपिलवस्तुका थारु समुदायले मनाएका छन् । आइतबारको दिन वर्त वस्नेले असन तथा नुन नखाई एकै प्रकारको अन्न साँझ मात्र खाई दिनभर उपसना बस्ने चलन छ ।
थारु समुदायका महिला, पुरुष आज सफा सुग्घर रही बेलुकी पख पुरी, हलुवाइ, सेवइ, फलफुल लगायतका प्रसादले भगवान सुर्यको पुजाआजा गरेपछि सामुहिक रुपमा प्रसाद खाने गरिन्छ । आपनो मनोकांक्षा पुरा हुने धार्मिक विश्वासमा थारु समुदायले परम्परादेखी हरेक वर्ष यो पर्व मनाउने गर्दछन् ।
थारु समुदायका अधिकांश चाडपर्वमा मासुका परिकार प्रयोग गर्ने भएपनि बड्की आइतवारीमा भने शाहाकारी भोजन मात्र प्रयोग हुने गर्दछ ।
कपिलवस्तुमा कुल जनसंख्याको झन्डै १५ प्रतिशत थारु समुदायको बस्ती छ । बड्की आइतवारीलाई लक्षित गरेर वाणगंगा नगरपालिकाले आज सार्वजनिक विदा दिएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६ आइतबार ००:००  ७ : २१ बजे