९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पोर्चुगलको सर्बियामाथि संघर्षपूर्ण जित



एजेन्सी ।
युरोकप तथा नेशन्स लिग विजेता पोर्चुगलले युरोकप २०२० को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा संघर्षपूर्ण जित निकालेको छ । अवे मैदानमा भएको खेलमा पोर्चुगलले सर्बियालाई ४–२ ले पराजित गरेको हो ।
४२ औँ मिनेटमा विलियम कारवाल्होको गोलबाट पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता लियो । ५८ औँ मिनेटमा गोन्कालो गुएडेसको गोलबाट अग्रता दोब्बर र्पायो ।
६८ औँ मिनेटमा मिलेन्कोविकले सर्बियाका लागि एक गोल फर्काए । ८० औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि पोर्चुगलको अग्रता ३–१ मा पुग्यो ।
८५ औँ मिनेटमा एलेक्सान्ड्र मिट्रोविकले सर्बियाका लागि गोल गोल गरे । त्यसको एक मिनेटपछि बर्नार्डो सिल्भाले गोल गरेपछि पोर्चुगल ४–२ ले विजयी भयो । जितसँगै पोर्चुगल समूहको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६ आइतबार ००:००  १० : २४ बजे