९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

थारु जातीहरुले ‘बड्की अट्वारी’ मनाउँदै, वाणगंगामा सार्वजनिक विदा



मायादेवी अनलाइन, वाणगंगा ।
आइतबार (आज) थारु जातीहरुले बड्की अट्वारी पर्व धुमधामपूर्वक मनाउँदै छन् । यो पर्व थारु जातीको बाहुल्यता रहेका तराईका जिल्लाहरुमा हर्षेल्लासका साथ मनाइन्छ । आइतबार थारु समुदायका मानिसहरु एक आपसमा भेला भएर मिठामिठा परिकार, मिठाई आदि खाएर एक आपसमा शुभकामना साटासाट गर्ने गर्दछन् ।
थारु समुदायको लोकप्रिय चाड माघि पछि बड्की अट्वारीलाई लिने गरिन्छ । कपिलवस्तुमा पनि थारु समुदायमा यसको विशेष रौनक छ । बिभिन्न संघसंस्था तथा उद्योग धन्दामा काम गर्ने मजदुर तथा व्यक्तिलाई आज विदा दिने चलन छ । उनीहरु दिनभर बिभिन्न मिठामिठा भोजनहरु गरी साँझ धुमधामपूर्वक नाचगान गर्ने गर्दछन् ।
थारु समुदायले आइतबार मनाउने बड्की ‘अटवारी’ पर्वमा कपिलवस्तुको वाणगंगा नगरपालिका मातहातका कार्यलयहरु आइतबार बन्द हुने भएका छन् । आइतबार थारु समुदायको महत्वपूर्ण चाड बड्की ‘अटवारी’का दिन नगरका विभिन्न सरकारी तथा गैरसकारी संस्थाहरु बन्द गर्ने निणर्य गरिएको हो ।
यस्तै आज नै अन्र्तराष्ट्रिय साक्षरता दिवस, निजामति सेवा दिवस र विश्व फिजियोथेरापी दिवस पनि मनाइदै छ । देशभर फरकफरक संस्थाले बिभिन्न् जनचेतानमूल्क कार्यक्रम गरी यो दिवस मनाउन लागेका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६ आइतबार ००:००  ६ : ५५ बजे