गुल्मी ।
जिल्ला समन्व्य समितिको कार्यालयमा शुक्रबार देखी सञ्चालन गरिएको शिविरमा ब्यवसायीको कर बुझाउन भीड लाग्यो । धुर्कोट गाउँपालिका ७ वाग्लाको चौतरा गाउँकी सावित्रा परियारले पनि शिविरमा आएर कर बुझाउन पाउँदा खुसी लागेको बताइन् ।
सदरमुकाम तम्घासका पुराना ब्यवसायी रेमलाल पाण्डेका अनुसार कर बुझाउन बुटवल धाउँदा १० हजारसम्म पैसा र दुई तीन दिनसम्म समय खर्च हुने गर्दथ्यो अहिले जिल्ला मै शिविर सञ्चालन हुँदा त्यो पैसा र समय दुबै बचेको बताए । यस अगाडि गुल्मीका ब्यवसायीलाई गुल्मी उद्योग वाणिज्य संघले पनि एक हजार रुपैयाँ सेवा शुल्क लिएर बुटवल पाल्पा पुगेर कर बुझाई दिने र ब्यवसाय र ब्यक्तिगत पान नम्वर उपलब्ध गराउँदै आएको थियो । अहिले चेम्वरअफ कमर्स गुल्मीले निशुल्क रुपमा जिल्लामा सञ्चालन गरेको शिविरमा पनि कर्मचारीदेखि विभिन्न पेशा ब्यवसाय गर्नेले ब्यक्तिगत पान नम्वर समेत धमाधम लिइरहेका छन् ।
चेम्वर अफ कमर्शले आज भन्दा १५ दिन अघि पनि गुल्मीका कर बुझाउने शिविर सञ्चालन गरेको थियो । त्यति बेला एक हजार ३५ जनाले कर बुझाएका थिए । शुक्रबार र शनिबार सञ्चान भएको दोस्रो शिविरमा एक हजार तीन सय जनाले सेवा लिएको गुल्मी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
कर बुझाउन बुटवल र पाल्पा सम्म पुग्नु पर्ने बाध्यतालाई ध्यानमा राखी जिल्ला मै शिविर सञ्चालन गरेको गुल्मी चेम्वर अफ कमर्सका अध्यक्ष युवराज न्यौपानेले बताए । शिविर सँगै संशोधित कर ब्यवस्थाको सम्वन्धमा ब्यवसायीबीच अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम पनि दिइएको हो ।
जहाँ राजश्व अनुसन्धान विभाग काठमाणडौंबाट उपसचिव टंक पाण्डे र आन्तरिक राजश्व विभाग करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर थापाले सहजीकरण गरेका थिए ।
२१ भाद्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया