बुटवल ।
बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गर्नुभएको छ । वडा नंं. २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गर्नुभएको हो ।
उहाँ झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल र्पुयाएका थिए । उहाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिनुभयो । ‘उहाँको अवस्था के हुन्छ यसै भन्न सकिन्नँ,’ क्षेत्रीले भन्नुभयो ।
स्रोतका अनुसार घरायसी विवादका कारण उनले आत्महत्या प्रयास गर्नुभएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको बताउनुभयो ।
प्रतिक्रिया