दाङ ।
दाङ खोलामा डुबेर तुलसीपुर–८ मा दुईजनाको मृत्यु भएको छ । गएराति गहतेखोलामा माछा मार्ने क्रममा सल्यानको कपुरकोट–५ घर भई हाल तुलसीपुरको कट्कुइयामा बस्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई कपुरकोट बस्ने मिलन लामाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरु दुवैजनाले कट्कुइयामा बंगुर पालन गर्दै आएको बुझिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२१ भाद्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया