जनकपुरधाम ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जनकपुरस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेका छन् । आश्रममा बसिरहेका १६ जना ज्येष्ठ नागरिकको राज्यमन्त्री यादवले स्वास्थ्य जाँच गरेका हुन् ।
शनिबार ब्युटिसियन एसोसिएशन धनुषाले आश्रमका वृद्धाहरुको लागि राखेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उद्घाटन गर्दै राज्यमन्त्री डा. यादव आफैले स्वास्थ्य परीक्षण गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी वृद्धाश्रम सञ्चालन गर्न सरकारले ध्यान नदिएपछि दातामाथि निर्भर हुनु परेको छ ।
प्रतिक्रिया