९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दशैँ अगाडी भाडा नबढ्ने



काठमाडौं ।
दशैँ अगाडी भाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायीले दसैंअघि गाडी भाडा नबढ्ने बताएका छन्। यातायात विभागले चाडबाडमा यात्रु बसलाई सहज बनाउन सरोकारवालासँगको छलफललाई तीव्र बनाएसंगै भाडा नबढ्ने खबर बाहिर आएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडाबारे निर्णय सरकारले गर्ने र त्यसमा आफूहरुको कुनै अवरोध नभएको बताउनु भयो ।

उहाँले भाडा समायोजनको विषयमा सरकारसँग कुनै बार्गेनिङ नगरेको भन्दै दसैंमा यात्रुलाई सहज रुपमा सेवा दिन सकिन्छ भन्नेबारे देशभरका व्यवसायी जम्मा भएर छलफल गरिरहेका बताउनु भयो । दसैंमा उपत्यकाबाट करिब २०लाख यात्रु बाहिरिने गरेका छन्।

प्रकाशित मिति : २१ भाद्र २०७६ शनिबार ००:००  ८ : १७ बजे