९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाकिस्तानका पूर्व स्पीनर अब्दुल कादिरको निधन



एजेन्सी ।
पाकिस्तानका पूर्व स्पीनर अब्दुल कादिरको निधन भएको छ । आफ्नो सक्रिय खेल जीवनका बेला लोकप्रिय रहेका कादिरको ६३ वर्षको उमेरमा कार्डिएक अरेस्टका कारण भएको हो । उनको शुक्रबार निधन भएको हो ।
कादिरले पाकिस्तानका लागि ६७ टेस्ट तथा १०४ वटा एक दिवसिय क्रिकेट खेलेका थिए । टेस्टमा उनले २३६ र एक दिवसियमा १३२ विकेट लिएका छन् ।
सन् १९७७ देखि १९९३ को बिचमा उनलाई विश्वको उत्कृष्ट लेग–स्पीनरका रुपमा लिइन्थ्यो ।
सन् १९९३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि उनले क्रिकेट कमेन्ट्री गरे । यस्तै पाकिस्तानको राष्ट्रिय टिममा खेलाडी चयन गर्ने समूहमा पनि काम गरे ।
पाकिस्तान क्रिकेट बोर्ड पिसिबीले उनको निधनमा दुःख व्यक्त गर्दै ‘उस्ताद’ को निधनले स्तब्ध बनाएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६ शनिबार ००:००  ८ : ०० बजे