९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पिपरा अस्पतालमा डेंगुको निशुल्क परिक्षण गरिने, वाणगंगाले मिलायो व्यवस्था



मायादेवी अनलाइन, वाणगंगा ।
देशैभर डेंगुको प्रकोप फैलिरहेको अवस्थामा कपिलवस्तुमा यसको निशुल्क परिक्षण गरिने भएको छ । डेंगु रोग लागेको शंका लागेपछि बुटवल लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेपनि अब भने कपिलवस्तुको पिपरा अस्पतालमा यसको निशुल्क परिक्षण हुने छ । वाणगंगा नगरपालिकाले यसमा गम्भिर चासो लिदै पिपरा अस्पतालबाट निशुल्क परिक्षण गर्ने व्यवस्था मिलाएको हो । पछिल्लो समय मुलुकका ४२ भन्दा बढी जिल्लामा महामारीका रुपमा फैलिएको छ ।
शनिबारबाट पिपरा सामुदायिक अस्पतालमा डेंगुको निशुल्क परिक्षण गरिने वाणगंगा नगरपालिका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । उहाले शंकास्पद विरामीलाई अस्पतालमा गएर परिक्षण गर्न आग्रह गर्नुभएको छ ।
यस्तै सामुदायिक अस्पताल जितपुरलाई पनि मापदण्ड पुरा गरेको अवस्थामा नेत्र रोग र प्रसुती रोगको उपचार गर्न स्विकृती प्रदान गरेको छ । यस अघि सामुदायिक अस्पतालमा उक्त रोगको उपचार हुने गरेको थिएन् । अब भने विरामीलाई पनि सहज हुने भएको छ । शुक्रबार सम्पन्न वाणगंगा नगर कार्यपालिकाको बैठकले यस्तो निणर्य गरेको हो ।
यस्तै दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले गत आइतबार नै बड्की ‘अटवारी’ मनाए पनि कपिलवस्तु लगायतका थारु समुदायले आउँदो आइतबार यो पर्व मनाउँदै छन् ।
एउटै पर्व फरक फरक तिथि र मितिमा थारु समुदायले मनाउँन थालेका हुन् । यही पर्वको अवसर पारेर थारु बाहुल्य क्षेत्र कपिलवस्तुको वाणगंगा नगरपालिका मातहातका कार्यलयहरु आइतबार बन्द हुने भएका छन् । यहि भदौ २२ गते थारु समुदायको महत्वपूर्ण चाड बड्की ‘अटवारी’का दिन नगरका विभिन्न सरकारी तथा गैरसकारी संस्थाहरु बन्द गर्ने निणर्य गरिएको हो ।
मेयर मंगल प्रसाद थारुको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले वडा नम्बर १० का केहि किसानको धानमा डढुवा देखिएकाले उनीहरुलाई निशुल्क औषधि वितरण गर्ने निणर्य पनि निर्णय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष, विषयगत शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६ शुक्रबार ००:००  ११ : ४१ बजे