८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य, नियमित काममा फर्कन सक्ने



काठमाण्डौ ।
सिंगापुरमा दुई साता लामो उपचार सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनु भएको छ ।
मिर्गौलामा समस्या देखिएर उपचारका लागि सिंगापुर पुगेर फर्किनुभएका प्रधानमन्त्रीको उपचारपछिको स्वास्थ्य अवस्था कस्तो छ भन्ने चासो धेरैलाई छ । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल९एनयूएच०मा सात चरणमा प्लाज्मा फेरेसिस विधिबाट प्रधानमन्त्रीको मिर्गौलाको उपचार गरिएको छ ।
प्रधानमन्त्री ओली पहिलो पटक उपचारका लागि सिंगापुरबाट फर्केको एक सातामै फेरि उपचारका लागि जानुभएकाले धेरैले प्रधानमन्त्रीको स्वास्थ्यका बारे चासो राखेका हुन् । संसद बैठकमै पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सांसदहरुले चासो राखेका थिए ।

पहिलो पटक साउन १८ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमै १० दिन उपचार गराएर फर्कनुभएको थियो । त्याहाँबाट फर्केको एक सातामै भदौ ५ गते फेरि उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुभएको थियो ।

प्रधानमन्त्रीको शरिरमा एण्टिबडी बढेपछि स्वास्थ्यमा नकारात्मक असर देखिँदा त्यसको निराकरणका लागि प्रधानमन्त्री दोस्रो पटक सिंगापुर जानुभएको हो । शुक्रबार फर्किनुभएका प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एण्टिबडी वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयूएचमा पूरा भएको र उहाँको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको प्रधानमन्त्रीको निजी चिकित्सक डा।दिव्या सिंह शाहले बताउनुभयो ।
अब प्रधानमन्त्रीले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुने पनि उहाँले बताउनुभयो । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उहाँको नियमित उपचार हुँदै आएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६ शुक्रबार ००:००  ३ : २३ बजे