९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दुई साता लामो उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता



काठमाण्डौ ।
सिंगापुरमा दुई साता लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कनु भएको छ ।
उहाँ थाई एयरवेजको विमानबाट दिउँसो १२ः ५ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।
मिर्गौलासम्बन्धी उपचारका लागि गएको ५ गते प्रधानमन्त्री ओली सिांगापुर जानुभएको थियो । उहाँको सिंगापुरमा रहेको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट मिर्गौलाको उपचार गरिएको थियो । १२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या देखिएपछि उहाँको उपचार हुँदै आएको छ । यसअघि उहाँ गएको साउन १८ गते उपचारकै लागि सिंगापुर जानुभएको थियो । त्यो बेला पनि १० दिनको उपचारपछि स्वदेश फर्कनु भएको थियो ।
स्वदेश फर्केको केही दिनमा नै फेरि स्वास्थ्यमा समस्या देखिएपछि भदौ ५ गते पुनः सिंगापुर जानुभएको हो ।

शरिरमा एण्डिबडीको मात्रा बढेकाले मिर्गौलामा समस्या देखिएको र अहिले एण्टिबडी घटाउनकै लागि प्लाज्मा फेरसिस विधीबाट उपचार गरिएको उहाँका निजी चिकित्सक डा।दिव्या सिंह शाहले जानकारी दिनुभयो ।
अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गएका नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल पनि शुक्रबार नै काठमाण्डौ फर्किनुभएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६ शुक्रबार ००:००  १ : २० बजे