मायादेवी अनलाइन,कपिलवस्तु ।
डेंगु लागेर अस्पताल भर्ना हुनु भएका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल सामान्य अवस्थामा रहनु भएको जनाइएको छ ।काठमाण्डौँको ग्राण्डी अस्पतालमा आइसियूमा राखेर उपचार भए पनि उहाँको अवस्थामा खासै चिन्ता गर्नु पर्ने अवस्था नभएको अस्पत्ताल श्रोतले मायादेवी अनलाइनलाई बताएको छ । मन्त्री खनाललाई बुधबारदेखि आइसियूमा राखेर भर्ना गरिएको थियो ।शुक्रबारसम्म आइपुग्दा उहाँको अवस्था ठिकठाक छ । अस्पत्ताल श्रोत भन्छ– ‘अहिले ज्वरो पनि घटेको छ । कमजोरीपनमा पनि कमि आएको छ । ’ छिटो निको होओस् भनेर मन्त्री खनाललाई आइसियूमा राखेर उपचार गरिएकोले चिन्ता नगर्न अस्पत्ताल श्रोतले आग्रह गरेको छ । डेँगुको प्रारम्भिक चरणमै उहाँको अवस्थाबारे थाहा भएकाले जोखिम टरेको अस्पत्तालले जनाएको छ । उहाँलाई अब एक दुई दिनमै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर जचाउन जानुभएका मन्त्री खनाललाई अस्पत्तालले डेंगुनै भएको प्रमाणित गरेको थियो । अहिले देशभर डेँगुले महामारीको रुप लिएको छ । काठमाण्डौ उपत्यकासहित ४२ जिल्लामा डेंगुको डर बढेको छ । मुख्य गरी दिउसोमा टोक्ने पोथी लामखुट्टेले टोक्दा यसको महामारी फैलन्छ । वर्षाको पानी जम्ने डब्बा, टायर, ड्रम, फूलदानी, गमला, ट्याँकी आदिमा डेंगु सार्ने लामखुट्टेले फुल पार्दछ । डेंगु विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय भएको पिपरा अस्पत्तालकी डाक्टर रंजिता महतोले बताउनु भयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुरा गर्दै महतोले यसका लक्षण र बच्न सकिने उपायबारे धेरै कुरा बताउनु भएको छ । उहाँका अनुसार डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै सर्दैन । यो भाइरसजन्य रोग हो । तर एडिस एजिप्टाइ नामक लामखुटट्ले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने उहाँले बताउनु भयो ।
२० भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया