९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मनकामना केवलकार बन्द हुने



मायादेवी अनलाइन,गोरखा । 
मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार यही भदौ २२ गतेदेखि २६ गतेसम्म बन्द हुने भएको हो । मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो प्रालीले जनाएको छ ।
मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भि्सिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो ।
गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६ शुक्रबार ००:००  ९ : ०५ बजे