११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

‘बेटीबेलभरीया’ नदीमा वेपत्ता ३ महिला अझै भेटिएनन्, प्रहरी भन्छ ‘वेल ट्रेन मेनपावर’ भएन



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित एक नदीमा डुवेर वेपत्ता ३ महिला अझै फेला पर्न सेकेका छैनन् । तीजको दिन सोमबार दिउँसो बाखा् चराउन गएका बेला नुहाउने क्रममा डुवेका शुद्धोधन गाउँपालिका ६, बेलभरिया पूर्वको बेटीबेलभरीया’ नदीमा स्थानीय कमलेश कोहारकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहारका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्षीया छोरी खुस्बु रैदास अफै फेला नपरेका हुन् । जिल्ला प्रहरी कार्यालय तौलिहवाका अनुसार उनीहरुको अहिले पनि खोजी कार्य जारी छ । खोजीमा नेपाल प्रहरी र शशष्त्र प्रहरीको गरी ६०–७० जनाको टोली घटनास्थलमा खटिएको छ भने स्थानीयले पनि सहयोग गरिरहेका छन् । सोमबार साँझसम्म पनि पानीको वहाव र मात्रा नघटेको कारण वेपत्ताहरुलाई फेला पर्न नसकिएको डिएसपी सुनिल मल्लले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । अहिले खोलामा १० । १२ फिट गहिरो पानीको सतह छ । नेपाल प्रहरीमा रहेका पौडीबाजहरुले निरन्तर वेपत्ताहरुको खोजी कार्य गरे पनि पानी धमिलो भएकाले फेला पार्न गारो भएको बताउँदै डिएसपी मल्लले भन्नुभयो– “उनीहरुलाई नदीले बगाउन पनि सक्छ । यसअघिका यस्ता केसहरु स्टडी गर्दा सो नदीमा वेपत्ताहरु गढेको अवस्थामा भेटिएको उदाहरण पनि छ । त्यसकारण वेपत्ताहरु गढेका पनि हुन सक्छन् ।”
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वेल ट्रेन मेनपावर अभाव भएको कारण उनीहरुलाई चाँडै फेला पार्न नसकिएको डिएसपी मल्लले बताउनु भएको छ । शशष्त्र प्रहरीसंग पनि यस्ता घटनामा आवश्यक दक्ष मेनपावर नहुँदा समस्या पर्ने गरेको मल्लले बताउनु भयो । आफूहरुसंग भएको जनशक्तिले भरमग्दुर प्रयास गरे पनि वेपत्ताहरुलाई फेला पार्न नसकिएपछि मंगलबार गोताखोरसहितको थप जनशक्ति मगाएर खोजी गरिने उहाँले बताउनु भएको छ । यद्यपी रातको समयमा पनि खोजी भने जारी रहेको प्रहरीको भनाई छ । बेपत्ता भएका तीन जनासहित ५ जना भएर नुहाउन गएको स्थानीयले बताएका छन् । सो नदी हिँउदमा सुक्ने गर्दछ ।

प्रकाशित मिति : १६ भाद्र २०७६ सोमबार ००:००  ८ : ०५ बजे