मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली नारीहरुको महान पर्व तीजमा सरकारी कार्यालय खुलेपनि दिनभर सुनसान रहे । सरकारले आज तीजको अवसरमा सरकारी विदा दिएको थिएन । यद्यपि महिलाहरुका लागि भने सार्वजनिक विदा दिएको थियो ।
जिल्लाका १० स्थानीय तह खुलेपनि दिनभर सुनसान बने । यस्तै तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय, जीतपुर स्थित वाणगंगा इलाका प्रशासन कार्यालय र चन्द्रौटा स्थित इलाका प्रशासन कार्यालय पनि सुनसान प्राय रहे ।
तीजको बेला कार्यालय खुलेपनि सेवागाह्री सेवा लिन नआएको सम्बन्धित कार्यालयले रेडियो मायादेवीलाई बताएका छन । दुई बर्ष देखि सरकारले धेरै सार्वजनिक विदा कटौती गरेको छ । तीजको पर्सि पल्ट पर्ने पूर्णीमा मंगलबार परेको छ । तर पूर्णीमामा पनि सरकारले सार्वजनिक विदा दिएको छैन् ।
१६ भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया