१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

हराउँदै मानिसका ‘गला र मादल’, तीजमा साउण्ड सिष्टमको प्रयोग बढ्दो



मायादेवी अनलाइन, कपिलवस्तु ।
संस्कृतीमा आएको परिवर्तनको कारण तीज पर्व पनि आधुनिकता तर्फ उन्मुख भएको छ । महिला दिदीविहिनीहरुको महान पर्व तीज हरेक बर्ष आधुनिकता तर्फ उन्मुख भएको हो । पहिले पहिले तीज गीत आफै गीत गाएर र मादल बजाएर गाइने गरिन्थ्यो भने आजभोली साउण्ड सिष्टमको प्रयोग व्यापक मात्रामा गर्न थालिएको छ ।
म्युजिक ट्रया्क बजाएर तीज पर्व मनाउने चलन पछिल्लो समय कपिलवस्तुमा पनि बढेको छ । यसले मौलिकता बोकेको तीज हराउदै जाने त होइन भन्ने चिन्ता बुढापाकाहरुको छ । गत बर्षहरुमा तीजको दिन साउण्ड सिष्टमको प्रयोग गरेरै नाचगान हुदै आएकोमा यस बर्षपनि पुनः त्यहि दोहोरिएको छ ।
गाउँघर चारैतिर विद्यु्त पुगेको र बजारमा दिनप्रतिदिन सयौ गीत आउने गरेको कारण साउण्ड सिष्टमको प्रयोग बढेको हो । कपिलवस्तु बनगाईकी ७५ बर्षिया सिता विष्टले पुराना दिनमा मनाइने तीज र अहिले मनाइने तीजमा धर्ति आकाशको जति फरक भेटेको बताउनुहुन्छ । तीज मौलिकता बोकेको पर्व भएकोले यसको जगेर्ना गर्दै जानुपर्नेमा नागरिक अगुवाको माग छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६ सोमबार ००:००  ४ : ३९ बजे