८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘गाडीमै च्यापिएर मरे चौपाया’ मरेको आशंका



नेपालगन्ज ।
नेपालगन्जबाट सुर्खेत लगिएका अधिकांश गाईगोरु क्षमताभन्दा बढी ढुवानी गर्दा गाडीमै च्यापिएर मरेको आशंका पशु अधिकारकर्मीहरुले गरेका छन् ।
सुर्खेतको कटकुवास्थित घटनास्थल पुगेको एनिमल नेपालका पशु चिकित्सक डा. दीपेन्द्र शाहसहितको टोलीले घाइते चौपायाको शरीरमा कुल्चिएका डाम देखिएकाले च्यापिएरै मरेको आशंका गरे । उनले भने, ‘हामीले ५ वटाको उपचार र्गयौं । एउटा गोरु उपचार गर्दागर्दै र्मयो । भीरबाट खसालिएका अझै कति गाईगोरु हराइरहेका छन् ।’
पशु अधिकारकर्मी सुरेन्द्र कार्कीले मरेका र गम्भीर घाइते चौपायालाई आधा दर्जन स्थानबाट फालिएको बताए । ‘अधिकांश चौपाया गाडीमै च्यापिएर मरे। मरेका चौपायालाई भीरबाट पनि खसालिएको छ । झार्ने क्रममा घाइते अवस्थाका चौपायालाई मरेको ठानेर फालिएको देखिन्छ’, कार्कीले भने । घटनास्थल पुगेर फर्केका अधिवक्ता विश्वजित तिवारीले पनि ‘ढुवानीको ओभर लोड’ ले चौपाया मरेको आशंका व्यक्त गरे ।
शनिबार सुर्खेतबाट नेपालगन्ज चौपाया फिर्ता गर्दा ९ वटा ट्रकमा एक सय ६७ वटा मात्र चौपाया ल्याइएको थियो । एउटा गाडीमा औसत १८ चौपाया मात्र ल्याइएको छ । फिर्ता ल्याएको आधारमा हिसाब गर्दा दुई सय ९१ वटा चौपाया बोक्न एकै नासको क्षमता भएका औसत १५ वटा ट्रक आवश्यक पर्ने देखिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६ आइतबार ००:००  ७ : ३६ बजे