मायादेवी अनलाइन, वाणगंगा ।
दुई महिना यता बिद्युत अनियमिताका कारण आफुहरु समस्यामा परेको ग्राहकहरुले गुनासो गरेका छन् । पूर्व सूचना बिना लाईन काटिने र झ्याप्प झयाप्प बिजुली जाने गरेकोले मर्कामा परेको ग्राहकहरुको गुनासो छ ।
तौलिहवा भिक्षुचोककी गृहणी ज्योति बञ्जाडेले गर्मीको सयममा बिद्युत अनियमित हुँदा मर्कामा परेको गुनासो गरिन । ‘२ महिना यता बिद्युत अनियमित हुँदा गाह्रो परीरहेको छ’ उनले भनिन् । उनले लाईन गए पछि फोनबाट जानकारी लिदा खाली सिस्टमको खराबी भनेर जवाफ पाईने गरिएको बताईन । गृहणी बन्जाडे जस्तै अन्य धेरै ग्राहकले गर्मीका सयममा अनावश्यक लाईन जाँदा मर्कामा परेको गुनासो गर्छन् ।
उता प्राधिकरण तौलिहवाका प्रमुख जयकुमार यादवले हावाहुरीले गर्दा बिगत केही महिना यता बिद्युत अनियमित भएको स्विकार गरे । उनले केन्द्रिय प्रशारण लाईनको सिस्टमको खराबीले गर्दा बिद्युत आपुर्तिमा समस्या आएको बताए ।
चन्द्र्रौटा बिद्युत स्टेशनबाट लाईन ल्याईएको तौलिहवा ५० किमि भन्दा टाढा रहेकोले समेत समस्या आउने गरेको उनले बताए । अहिले बिद्युतको माग बढी रहेकोले लोड समेत बढी हुने गरेकोले समेत लाईन अनियमित हुने गरेको उनको भनाई छ । बाण्गंगाको मोतिपुरमा बिद्युतको सव स्टेशन बने पछि बिद्युत आपुर्तिमा समेत सुधार आउने उनले दाबी गरे ।
१५ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया