८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यस्तो छ एनआईसी एसिया बैंककोे ‘सुपर चमत्कारी’ निक्षेप योजना



बुटवल ।
एनआईसी एसिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा नयां सुपर चमत्कारी निक्षेप योजना ल्याएको छ । एनआइसी एशीया बैंक प्रदेश कार्यालयले पत्रकार सम्मेलन गरी सुपर चमत्कारी बचत खाता ल्याएको जानकारी गराएको छ । बैंकका प्रदेश पांचका प्रमुख तिलकसुन्दर कार्कीले आम जनतालाई मध्येनजर गरी नयां सोचका साथ नयां कार्यक्रम ल्याईएको बताएका छन् ।
आम ग्राहकलाई उपयुक्त सुपर चमत्कारी, बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, बाबु नानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, वैदेशीक रोजगार बचत खाता, उमशील बचत खाता र सुपर चमत्कारिक तलब बचत खाताले बचत गर्ने बानीलाई प्रोत्सान गर्ने बैंकका प्रदेश प्रमुख कार्कीले बताए ।
बैंकले सुपर चमत्कारी बचत योजना अनुसार १ करोड ५० हजार विमा शुल्क उपलब्ध गराउने प्रदेश प्रमुख कार्कीले जानकारी गराएका छन् । जस अन्तर्गत परिवारका सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तका लायि १ करोड सम्मको विमा सुविधा, दम्पतीको लागि २५ घातक रोगको लागि ३० लाख सम्मको बिमा सुविधा र परिवारको लागि १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा बैंकले दिने बताएको छ ।
बैंक पनि साथि पनि, राम्रो पनि हाम्रो पनि भन्ने नाराका साथ २२ औं वार्षिकोत्सवको अवसरमा बैंकले ३० विशेषतायुक्त नयां सुपर चमत्कारी बचत निक्षेप योजनाहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
यस अघि ल्याएको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारी बचत योजना ल्याएको हो । करिव १८ लाख ग्राहक रहेको बैंकको देशभर २ सय ९७ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन्, भने प्रदेश पांचको १२ जिल्लामा ५३ वटा शाखा रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६ आइतबार ००:००  ७ : ०९ बजे