बेझाड ।
दलित महिलालाई लक्षित गरेर स्थानीय सरकारले विभिन्न सीपमूलक तालीम, कार्यक्रम ल्याउन थालेपछि उनीहरु सीप सिक्ने कार्यमा सरिक हुने गरेका छन् ।
सिलाइकटाइ, स्वीटर बुन्ने, चुरामा बुटिक भर्नेजस्ता तालीम स्थानीय सरकारले चलाउँदै आएको छ । तालीममा सहभागी हुने अवसर पाएपछि आयमूलक व्यवसायमा महिला अगाडि बढेका छन् । रामपुरकी टीका सुनारले कपडामा कडाइ भर्ने तालीम लिएपछि धेरैलाई सीप सिकाउनुभयो । आरक्षण कोटाको कारण तालीममा सहभागी हुने मौका पाएको उहाँ बताउनुहुन्छ ।
“दलित कोटाबाट तालीम लिन पाएपछि धेरै सीप सिक्न पाइयो, कपडा, चुरामा बुटिक भर्ने, सिलाइकटाइ, स्वीटर बुन्नेजस्ता तालीमले दलित महिलालाई आयआर्जनमूलक क्षेत्रमा अगाडि बढ्ने बाटो देखाएको छ”, उहाँले भन्नुभयो ।
यसरी तालीम पाएपछि उनीहरु आयमूलक व्यवसायमा अगाडि बढ्न थालेका छन् भने अर्कोतर्फ फुर्सदको समय पनि सदुपयोग भएको छ । दुई÷चार पैसाका निम्ति परनिर्भर रहँदै आएका यस क्षेत्रका महिला पछिल्लो समय आफै व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । सिलाइकटाइ, चुरामा बुटिक भर्ने, तरकारी उत्पादन, गुडिया बनाउने, अचार बनाउने, स्वीटर बनाउने, पार्लर सञ्चालन गरेर आयस्रोत बढाउन सफल भएका छन् ।
१४ भाद्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया