बाँके ।
डुडुवा, राप्ती सेनारी र नरैनापुर गाउँपालिकाका स्थानीयले २० वर्षदेखि बगरको पनि मालपोत तिर्दै आएका छन् । राप्ती नदीले कटान गरेर बगर बनेको जमिनमा उनीहरूले कुनै आम्दानी गर्न नसके पनि खेतीयोग्य भूमिसरह मातपोत तिर्न बाध्य भएका हुन् ।
नदीले कटान गरेर डुडुवा गाउँपालिका–१, होलियाका बलिराम लोनियाको जमिन बगर बनायो । ०४६ सालसम्म नदीले लगातार जमिन कटान गरेर सखाप बनायो । त्यसपछि उनी सुकुम्वासी भए । ‘जमिन छैन भन्ने हो भने लालपुर्जा छ । तर, जमिनले दिनेभन्दा लिने मात्र गरिरहेको छ,’ उनले भने ।
०४६ सालदेखि उनले जमिनबाट कुनै लाभ लिन सकेका छैनन् । नदीको बहाव जमिनमा नभए पनि बालुवा मात्र भएकोले कुनै बालीनाली लगाउन मिल्दैन । अहिले उनको जमिन भएको ठाउँमा खरले भरिएको छ । तैपनि उनले जमिनको कर (मालपोत) तिर्न छोडेका छैनन् ।
नदीले जमिन कटान गरेदेखि उनले राम्रोसँग खान र लाउन पाएका छैनन् । नदीका कारण दुःख पाइरहेका उनलाई स्थानीय सरकारले पीडा थपिदिएको छ ।
१४ भाद्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया