दाङ ।
सार्वजनिक शिक्षामा शैक्षिक गुणस्तरको अवस्था बुझन दाङको तुलसीपुरबाट विद्यार्थीको सिकाइ उपलब्धीको सर्वे सुरु गरिएको छ। कक्षा १ देखि ८ सम्मका प्रत्येक विद्यार्थीको सिकाइको अवस्था बुझ्न विश्वमा मान्यता प्राप्त ‘असर टेष्ट’ (वार्षिक शैक्षिक अवस्था सर्वे) दाङमा गर्न लागिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका एक सय ३९ विद्यालयका ३४ हजार विद्यार्थीहरुमा यो परीक्षण गरिदैछ । एक महिनाको अवधिमा एकरएक विद्यार्थीको सर्वे गरिने उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा विज्ञ मुकुन्द रिजालले जानकारी दिए । हाल महानगरभित्रका ७० सामुदायिक विद्यालय र ६९ संस्थागत विद्यालयमा सर्वे सुरु गरिएको हो । जसका लागि एक सय ५० जना स्वयंसेवक खटाइएको छ ।
उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थी सम्मीलित परीक्षणको व्यवस्थापन टिच फर नेपाल र नमुना युवा संसद्ले गरेको छ । भारत, पाकिस्तान लगायतका देशमा ३ करोड बालबालिका गरिएको परीक्षण सफल देखिएपछि नेपालमा पहिलोपटक गर्न लागिएको हो। यो परीक्षण कम्प्युटर प्रणालीमार्फत गरिन शिक्षा महाशाखा प्रमुख भास्करराज गौतमले बताए। असर टेस्टले सवै विद्यालयको शैक्षिक अवस्था, सिकाइको गुणस्तरका बारेमा अभिलेखिकरण गर्नेछ । बालबालिकाको सिकाइमा प्रभाव पार्ने तत्वको पहिचान पनि हुने प्रमुख गौतमले जनाए ।
स्वयंसेवक शिक्षकले मोबाइलबाट नै विद्यार्थीको अवस्थालाई तत्काल इन्ट्री गर्नेगरी सर्वेको सप्टवेयर निर्माण गरिएको छ । त्यो विवरण सिधै शिक्षा शाखाको कन्ट्रोल शाखामा जानेछ । नेपाली, अंग्रेजी र गणित विषयमा केन्द्रित रहेर परीक्षण गरिन्छ । यसबाट घरपरिवारको अवस्था, सामाजिक रहनसहन तथा वातावरणकोसमेत अध्ययन हुनेछ । बालबालिकाको घरमा पढाइको वातावरण, अभिभावकको भूमिका कस्तो छ भन्ने देखाउने असरका म्यानेजर रतन देवकोटाले बताए ।
१४ भाद्र २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया