चितवन ।
पूर्वी चितवनको खैरहनीमा कन्टेनर र भरतपुर महानगरपालिका(२९, जुगेडीमा पिकअप भ्यानले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
ना ३ ख ८८१५ नम्बरको कन्टेनरले खैरहनी नगरपालिका–९, सिमलटाँडीमा साइकलयात्रीलाई शुक्रबार बिहान ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइतेको परिचय नखुलेको र अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
प्रहरीले ठक्कर दिने चालक र कन्टेनरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ ।
त्यस्तै, भरतपुर महानगरपालिका–२९, जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ प ६३१५ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा एक पैदल यात्रु गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिराञ्चोक गाउँपालिका–२, गोरखाका १७ वर्षीय रमेश बराल रहेका छन् । उनको भरतपुर अस्पतालमा अहिले उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार ठक्कर दिने पिकअप भ्यान र चालकलाई जुगेडी चौकीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
१३ भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया