वीरगञ्ज ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा करेन्ट लागेर शुक्रबार बिहान एक महिलाको ज्यान गएको छ । सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ प्रसौनी टोल बस्ने लालबहादुर दासकी श्रीमती रमा देवीको करेन्ट लागेर ज्यान गएको हो ।
आफ्नै घरमा रहेको मोटरमा नुहाउने क्रममा करेन्ट लागेर रमा गम्भीर घाइते भएकी थिइन । उनको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा ज्यान गएको अस्पताल प्रहरी बिटले जनाएको छ । मृतक रमाको शवलाई पोष्टमार्टमको लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
१३ भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया