काठमाडौँ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ ।
बिहीबार अहिलेसम्मकै बढी प्रतितोला ७३ हजार चार सय पुगेको सुनको मूल्य शुक्रबार घटेर ७२ हजार चार सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारको लागि प्रतितोला ७२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको हो । यस्तै तेजावी सुनको मूल्य ७२ हजार १ सय कायम भएको छ।
चाँदीको मूल्य पनि बिहीबारको तुलनामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय ८५ मा कारोबार भइरहेको छ ।
१३ भाद्र २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया