मायादेवी अनलाइन, वाणगंगा ।
सबै मिलेर वाणगंगा नगरपालिकाको विकास गर्नुपर्नेमा यहाँका सरोकारवालाहरुले जोड दिएका छन् । नगरपालिकाद्धारा आयोजित ०७५÷०७६ को वार्षिक समिक्षा कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । गत आवमा नगरपालिकाले ९० प्रतिशत बजेट खर्च गर्न सक्नु उदाहरणीय काम भए पनि परिणाममूखि काम गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
बार्षिक समिक्षा कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले वाणगंगाको विकास हात्तिको चालमा गर्नुपर्नेमा जोड दिनुभयो । वाणगंगालाई प्रदेशको नम्बर वान नगरपालिका बनाउने अभियानमा लागेको भन्दै सबैको साथ हुनुपर्ने बताउनुभयो । बजेट खर्चको हिसाबले नगरपालिका देशकै नमुना भएको भन्दै सांसद पन्थीले सुशासन र पारदर्शिताको पाटोमा पनि नमुना हुनुपर्ने बताउनुभयो । एक्लो प्रयासले केही नहुने भन्दै नगरपालिका संगै यहाँका संघसंस्था, उपभोक्ता समिति, पत्रकार सबैको साथ हुनुपर्नेमा जोड दिनुभयो ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बार्षिक समिक्षामा उठेका प्रश्नलाई समेट्दै जाने प्रतिवद्धता जनाउनुभयो । नगरको विकासमा सबैको साथ पाएको भन्दै नगर प्रमुख थारुले खुसी व्यक्त गर्नुभयो । विगतमा गरेका कामहरुको समिक्षाले आगामी दिनमा सच्चिन सजिलो हुने भन्दै सबैका भावनालाई बुझने गरी काम गर्ने बताउनुभयो ।
बार्षिक समिक्षामा बोल्ने वक्ताहरुले सुशासन, आर्थिक पारदर्शिता तथा नगरपालिकाबाट प्रवाह हुने शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माण विषयमा विभिन्न सुझाव दिएका थिए । समिक्षा कार्यक्रममा नेकपा वाणगंगा नगर अध्यक्ष शंकर पाण्डे, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, सामुदायिक बनका अध्यक्ष हुमनाथ भट्टराई, नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी, ज्येष्ठ नागरिकका चन्द्रकान्त आचार्य, पत्रकार दिपक अनुरागी, चन्द्रकान्त न्यौपाने लगाएतले सुझाव राखेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले सहभागीले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । गत आर्थिक बर्षमा १ करोड ८४ लाख बराबरको लागत सहभागीता गरेर नगरपालिकाले उल्लेखनीय काम गरेको छ बताउदै अधिकृत मरासिनीले राज्यलाई ३ करोड कर बुझाएर आर्थिक सुशासन कायम गरेको बताउनुभयो ।
१२ भाद्र २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया